गोरखा ३, कात्तिक । नेपाली काग्रेस गोरखाले केही दिनदेखिको अरिबल बर्षाले गोरखाको बिभिन्न क्षेत्रमा किसानले लगाएको धान बाली नष्ट गरेको तथा उत्तरी क्षेत्रमा पैदल मार्ग समेत अबरुद्ध भएको भन्दै दुःख व्यक्त गरेको छ ।
पार्टीजिल्ला सभापति नन्दप्रसाद न्यौपानेले आज एक बिज्ञप्ति जारी गर्दै बर्षा पछि आएको बाढी र पहिरो कतिपय सडक अबरुद्ध बनाएको, कतिपय नागरिकको घर पहिरोको जोखिमा परेको जानकारी आएको भन्दै संघ प्रदेश र स्थानीय सरकारलाई आम नागरिकको सरकार छ भन्ने अनुभूति गराउने गरी सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न माग गरेको छ ।
बिज्ञप्तिमा काग्रेसले प्राकृतिक बिपतका बारेमा समयमा नै सवैलाई प्रभावकारी रुपमा सूसूचित गराउन माग गर्द बिपतको पूर्व सूचना दिने प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ । त्यस्तै बिपदको अबस्थामा सर्तकत अपनाउन र आ–आफनो ठाउँबाट बिपतमा परेकालाई सहयोग गर्न समेत सवै जिल्लाबासीलाई काग्रेस गोरखाले अपिल गरेको छ ।