Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा माओबादी केन्द्रले गर्यो निर्वाचन सम्बन्धी संयुक्त अभिमुखीकरण कार्यक्रम


4.3K
Shares

गोरखामा माओबादी केन्द्रले गर्यो निर्वाचन सम्बन्धी संयुक्त अभिमुखीकरण कार्यक्रम

गोरखा २, कात्तिक ।   नेकपा माओबादी केन्द्र गोरखाको आयोजनामा जिल्लाका बिभिन्न स्थानीय तहका पार्टी निर्वाचन समितिका संयोजक तथा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टी कार्यालय पाटेचौरमा भएको अभिमुखीकरण कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशको निर्वाचन समितिका संयोजक कमल ढकालले सहजीकरण गर्नुभएको थियो ।

देश संघियतामा गएसंगै संबिधान अनुसार पार्टीको संरचना निर्माण गरेको माओबादी केन्द्रले पार्टीलाई थप व्यवस्थित गर्नका लागि वडादेखि नै निर्वाचन मार्फत नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गदै आएको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टी निर्वाचन समितिले तयार पारेको निर्वाचन सम्बन्धी कार्यबिधीको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिएको जिल्ला संमन्वय समितिका अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो ।

सहभागीहरुलाई निर्वाचन व्यवस्था गरिएको समानुपातिकता, समाबेशिता लगायतका बिषयका बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको उहाँलेका भनाई छ । अभिमुखीकरण कार्यक्रममा जिल्लाका गाउँपालिका र नगरपालिकाका निर्वाचन समितिका संयोजक एवम पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पाटीका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण, सहइन्चार्ज अमर तमु लगायतले निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नका लागि समितिको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशिक्षणबाट सिकेका कुरा वडा स्तरमा गठित निर्वाचन समितिहरुलाई समेत अभिमुखीकरण प्रदान गर्नु पर्नेमा जोड दिएका छन् ।

अभिमुखीकरण कार्यक्रममा जिल्लाको आरुघाट गाउँपालिका र चुमनुव्री गाउँपालिका बाहेका सवै स्थानीय तहका निर्वाचन समितिका संयोजक र सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै जिल्ला भित्रका सवै पालिका र वडाहरुमा यही कात्तिक ४ देखि ६ गतसम्ममा पालिका स्तरमा निर्वाचन समिति एकै ठाँउमा केन्द्रित भएर अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology