Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा भारतसंग पराजित


6.7K
Shares

अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा भारतसंग पराजित

काठमाण्डौ २५, असोज । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ च्याम्पियनसिप फुटवलमा भारतसंग पराजित हुन पुगेको छ । आइतबार मल्दिभको मालेमा भएको प्रतियोगितामा नेपाल भारतसंग ० बिरुद्ध १ गोल अन्तरले पराजित भएको हो । खेलको ८२ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको गोल नेपाल बिरुद्ध निर्णायक गोल बनेको हो ।

भारतसंग पराजित भएपनि नेपालको फाइनल यात्राको सम्भावना भने कायमै रहेको छ । नेपालले बंगलादेशविरुद्ध हुने अन्तिम खेलमा जित वा बराबरी निकाल्न सके नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ । तर, भारतलाई भने प्रतिस्पर्धामा रहिरहनका लागि आजको खेलमा कम्तीमा बराबरी गर्नुपर्ने बाध्यता थियो । आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गरे मात्रै भारत फाइनलमा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology