काठमाण्डौ २२, असोज ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान शेयर बाँडफाँड भएको जनाएको छ ।कम्पनीको आईपीओ गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् ।
कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।
आइपीओमा अन्तिम दिन २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २१ लाख ११ हजार ८१९ जना आवेदकहरुबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन परेको थियो । यो वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिने छ ।