Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको धार्चे गाउँपालिकामा एकिृकत अखिल नेपाल शिक्षक संगठनको पुर्नगठन


5.1K
Shares

गोरखाको धार्चे गाउँपालिकामा एकिृकत अखिल नेपाल शिक्षक संगठनको पुर्नगठन

गोरखा २२, असोज । गोरखाको धार्चे गाउँपालिकामा रहेको एकिृकत अखिल नेपाल शिक्षक संगठनको पुर्नगठन गरिएको छ । गाउँपालिका भित्र रहेका शिक्षकहरुको पेशागत हकअधिकारको सुरक्षा र सुनिश्चिताका लागि गाउँपालिका स्तरीय दोस्रो परिषद्ले सगठनको कार्य समिति पुर्नगठन गरिएको हो ।

नेकपा माओबादी केन्द्र निकट नवगठित संगठनको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा सूर्यमान गुरुङ, रसमाया गुरुङ, सबिन श्रेष्ठ, सचिवमा बिरकाजी गुरुङ, अर्थसचिवमा सन्देश गुरुङ (इच्छा), सहसचिवमा सन्तमाया गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुवास गुरुङ, टेकबहादुुर गुरुङ, सत्यमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ, सूर्यमान गुरुङ, तुलबहादुर गुरुङ र लोकबहादुर भूल रहनुभएको छ ।

संगठनले धार्चे गाउँपालिकाका सवै वडामा नेतृत्व रहने गरि वडागत संगठनको अध्यक्ष रहने गरि पवन घले, पूर्णबहादुर घले, छिरिङ गुरुङ, बहादुर गुरुङ, सूर्य घले लगायतलाई जिम्मेवारी दिएको जनाएको छ । परिष्दले पालिका भित्र संगठनको सदस्यता बिस्तार गर्ने समेत निर्णय गरेको नेकपा माओबादी केन्द्र धार्चे गाउँपालिका सचिव सुर्य गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology