गोरखा, २१ असोज : नेपाली काँग्रेस गोरखाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण आज सम्पन्न भएको छ । बुधबार निर्वाचनको अन्तिम परिणाम घोषणा भएसंगै आज बिहान सदरमुकाम स्थित जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका बिच नवनिर्वाचित पार्टी जिल्ला सभापति सहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।
जिल्ला निर्वाचन अधिकृत देवकुमार महतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको काग्रेस गोरखाका नवनिर्वाचित सचिव किशोरजंग थापाले जानकारी दिनुभयो । ‘निर्वाचन समितिबाट निर्वाचन जितेका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण प्रमाण पत्र बितरण संगै निवर्तमान कार्य समितिबाट पदहस्तान्रण कार्यक्रम पनि सम्पन्न भएको छ ।’ उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन अधिकृतबाट प्रमाणपत्र ग्रहण गर्नुहुदै नवनिर्वाचित सभापति न्यौपानले
नेपाली काँग्रेस गोरखा जिल्ला समिति अन्र्तगत नन्दप्रसाद न्यौपाने जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनुभएको थियो भने त्यस बाहेकका पदाधिकारीमा मतदान भएको थियो । मतदानबाट जिल्ला उपसभापतिमा घिरन थापा र इमान सिंह बस्नेत बिजयी हुनुभएको थियो । त्यस्तै जिल्ला सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा, सह–सचिवमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी हुनुभएको थियो ।
जिल्ला निर्वाचन अधिकृतबाट प्रमाणपत्र ग्रहण गर्नुहुदै नवनिर्वाचित जिल्ला सचिव थापा
त्यस बाहेका अधिकांस जिल्ला समितिका सदस्यहरु पनि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । गोरखा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएकाहरुलाई समेत आज नै प्रमाण पत्र बितरण गरिएको उहाँले बताउनुभयो ।


