काठमाडौँ २१, असोज । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।आज एकाबिहानै गएकाले मृतक सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्वेटा सहरमा मानिसहरु भागाभाग गरेको दृश्य सामाजिक सञ्जालमा आएका छन् ।
प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अनुमान गरिएको छ । क्वेटा सहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।