गोरखा, २० असोज : नेपाली काँग्रेसको १४ औं अधिबेशन अन्र्तगत गोरखा जिल्ला पार्टी सभापति बाहेकका पदाधिकारी निर्बाचनबाट चुनिएका छन् । आज सम्पन्न भएको मतगणनामा जिल्ला पार्टी उपसभापतिमा धिरन थापा र इमान सिंह बस्नेत बिजयी हुनुभएको छ । थापाले १०३६ र बस्नेतले ५६३ ल्याएर बिजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृत देवकुमार महतले जानकारी दिनुभयो ।
उपसभापति पदका अन्य उमेद्वारहरु सिपी पोखरेलले ५३६, रबिकला खनाल ४८७ र हरिबहादुर गान्धारीले ४६ मत प्राप्त गरि पराजित भएको उहाँले बताउनुभयो । । महाधिबेशन अन्र्तगत जिल्ला सचिव पदका लागि भएको निर्वाचनमा कृष्णबहादुर आले ६९९ मत ल्याएर बिजयी हुनुभएको छ भने किशोरजंग थापा ६७३ मत सचिवमा बिजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो ।
सचिव पदका उमेद्धवार ओमबहादुर गुरुङले ४७१ मत, तारानाथ पुडासैनीले ३९२ र रामप्रसाद भण्डारीले ३१९ मत प्राप्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै सहसचिव पदमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी भएका छन् । लामिछानेले ६९७ मत र अधिकारीले ३९३ मत ल्याएर जिल्ला पार्टी सहसचिवमा बिजयी हुनुभएको हो ।
सहसचिव पदका उमेद्वार कलमप्रसाद अम्गाई ३०१, दीपक हमालले २३२ मत, भोजराज पाण्डेले २२४ मत, रामशरण आचार्यले १४४ मत र बिश्व भट्टले ३०२ मत प्राप्त गरेको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । त्यस्तै जिल्ला कार्य समिति सदस्यमा गोरखा नगरपालिकाबाट ल्याएर बिजय भट्ट (७४९) र खडानन्द अर्याल (६९३) मत ल्याएर बिजयी हुनुभएको छ ।
खुल्ला तर्फ जिल्ला सदस्यमा आरुघाट गाउँपालिका तर्फबाट दिनेश पन्त (६८३) बारपाक सुलिकोट गाउँपालिकाबाट सुरज गुरुङ (७९३), भीमसेन थापा गाउँपालिकाबाट केशर गुरुङ (६०४), खसआर्य महिला तर्फ जानुका सापकोटा (६६८), सृजना कोइराला (५७३), दलित खुल्ला समाुनपातिक तर्फ इतराज सुनार (६०९) र लालबहादुर बि.क (३९३) मत ल्याएर बिजयी भएका छन् ।
त्यस बाहेकका सभापति सहित अन्य सदस्यहरु यस अघि नै सर्वसम्मत भइसकेको निर्वाचन अधिकृत महतले बताउनुभयो । जस अन्र्तगत जिल्ला कार्यसमितिको सदस्यहरुमा गोरखा नगरपालिकाको महिला सदस्यतर्फ रञ्जिला श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । पालुङ्टार नगरपालिकाबाट चेतकुमारी श्रेष्ठ, बाबुकाजी कार्की र भवेन्द्रजंग थापा सर्वसम्मत जिल्ला कार्य समितिमा चयन हुनुभएको छ ।
गण्डकी गाउँपालिकाबाट रजनी मिया र दिनेश पन्त, चुमनुब्री गाउँपालिकाबाट जोनिशा गुरुङ र ताञ्जिन ग्याल्जेन लामा, धार्चे गाउँपालिकाबाट लालमाया गुरुङ र विश्वकुमार गुरुङ, बारपाक सुलीकोटबाट अम्बिकादेवी थापा जिल्ला सदस्यमा हुनुभएको छ भने अजीरकोट गाउँपालिकाबाट गौरी तामाङ र रेशमबहादुर गुरुङ, आरुघाट गाउँपालिकाबाट पूर्णकुमारी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाबाट अमृतादेवी वस्ती, सहीद लखन थापा गाउँपालिकाबाट कविता ढकाल दुवाडी र दिलिपनारायण थापा, सिरानचोक गाउँपालिकाबाट शिला दवाडी र कृष्णप्रसाद ढकाल सर्वसम्मत चयन हुनु भएको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । त्यस्तै अपांग, अल्पसंख्यकबाट ओमहरी घले, समानुपातिकतर्फ महिलाबाट मीरादेवी दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।
आदिवासी जनजाति महिलातर्फबाट टिका श्रेष्ठ, मिना कुमाल, मिनादेवी श्रेष्ठ र रमा गुरुङ, आदिवासी जनजाति खुल्लातर्फबाट पदमबहादुर थापा मगर, भगवानबाबु मास्के, शिवकुमार श्रेष्ठ, सागर गुरुङ र हिराबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै दलित महिलातर्फबाट जिल्ला कमिटी सदस्यमा सोविता परियार चयन हुनुभएको छ ।
अपांग वा अल्पसंख्यक वा मुस्लिमतर्फबाट अलिउल्लाह मिया, खसआर्य खुल्लातर्फबाट बलराम खड्का, राजेश्वर अम्गाई, रामशरण अधिकारी र जिल्ला अधिवेशनबाट अपांगमध्य महाधिवेशन प्रतिनिधिमा परशुराम भट्ट र प्रदेश प्रतिनिधिका लागि अपांगमध्यबाट दण्डपाणी ढकाल र मोहनप्रसाद धिताल सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो ।