गोरखा २०, असोज । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत गोरखा जिल्लाको सचिव पदका प्रतिस्पर्धी मध्ये किशोरजंग थापा सवै भन्दा अग्रस्थानमा रहनु भएको छ । मंगलबार सम्पन्न भएको मतदानको जारी मतगणनामा ८ सय मतमध्ये थापाले सवैभन्दा धेरै ४०६ मत प्राप्त गरिसक्नु भएको छ ।
थापालाई अर्का प्रतिस्पर्धी कृष्णबहादुर आलेले ३५० मत ल्याएर पछ्याई रहुन भएको छ भने २८३ मत ल्याएर अर्का उमेद्धवार ओम गुरुङले तेस्रो स्थानमा कायम गरिरहनु भएको छ । त्यस्तै सचिव पदमा तारानाथ पुडासैनीले २११ मत र रामप्रसाद भण्डारीले १४८ मत प्राप्त गर्नुभएको छ ।