Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा काग्रेसको निर्वाचन : अहिलेसम्मको गणनामा कसले कति मत ल्याए (यो हेर्नुहोस्)


9.4K
Shares

गोरखा काग्रेसको निर्वाचन : अहिलेसम्मको गणनामा कसले कति मत ल्याए (यो हेर्नुहोस्)

गोरखा २०, असोज । नेपाली काग्रेसको १४ औं महाधिबेशन अन्तरगत गोरखा जिल्ला कार्य समितिको उपसभापति, सचिव, सहसचिव लगायतका मंगलबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । जारी मत गणना अन्र्तगत सचिव पदका लागि प्रतिस्पर्धामा रहेका ओम गुरुडले १३६, किशोरजंग थापाले १४३, कष्णबहादुर आले १४९ तारानाथ पुडासैनी १०० र रामप्रसाद भण्डारीले ७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपसभापति पदका लागि भएको निर्वाचनमा इमानसिंह बस्नेतले १३२, धिरन थापा २३८, रबिकला खनाल ११३, सिपी पोखरेल ११८ र हरिबहादुर गान्धारीले ८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै गरि सहसचिव  पदका लागि भएको निर्वाचन कलमप्रसाद अम्गाई ६२, गंगाप्रसाद अधिकारी ९१, दीपक हमाल ५९, भोजराज पाण्डे ६०, मानप्रसाद धिताल ७३, रामशरण आचार्य २९, लुमनाथ लामिछाने १५९ र बिश्व भट्टले ७९ मत प्राप्त गर्नुभएको छ । निवाृचनमा कुल १ हजार ५१९ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology