Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस गोरखाको बिभिन्न पदमा मतदान सुरु : मतदानमा ढिलाई भएपछि धकेलाधकेल


3.4K
Shares

काग्रेस गोरखाको बिभिन्न पदमा मतदान सुरु : मतदानमा ढिलाई भएपछि धकेलाधकेल

गोरखा १९, असोज ।  नेपाल काग्रेसको १४ औं महाधिबेशन अन्तरगत जिल्ला कार्यसमितिको सचिव, सहसचिव र सदस्य पदका मतदान सुरु भएको छ । सदरमुकामको कर्भड हलममा मतदान सुरु भएको हो । बिहान  ८ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि करिब दिउँसो १२ : ४५ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा ढिलो गरी सुरु भएपछि बिहानदेखि लाईनमा बसेका मतदाताहरु घामले अत्तालिएपछि केही बेर होहल्ला समेत भएको थियो । खेलकुद मैदानमा भोट हाल्न लाइनमा बसेका मतदाताहरु लामो समयसम्म पनि पालो नआएपछि प्रहरी समेतलाई धकेलेर मतदान गर्न कर्भड हल भित्र प्रवेश गरेका थिए । जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा पाँच जना, सचिवमा पाँच जना, सहसचिवमा आठ बिच प्रतिस्पर्धा हुनेछ ।

उप सभापतिमा इमानसिंह बस्नेत, धिरन थापा, रविकला खनाल, सिपी पोखरेल र हरीबहादुर गान्धरीले उम्मेदवारी दिएका छन् भने सचिव पदमा किशोरजंग थापा, ओम गुरुङ, कृष्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनीले उमेद्वारी दिएका छन् । सचिव र सहसचिव पदमा दुई दुई जना मात्र निर्वाचित हुनेछन् ।

यसअघि काग्रेस जिल्ला सभापतिमा भने नन्दप्रसाद न्यौपाने सर्वसम्मत भइसक्नु भएको छ । कोषाध्यक्ष पद भने मनोनयनबाट ल्याउने व्यवस्था रहेको छ । पदाधिकारी बाहेक सदस्य पदमा समेत मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology