काठमाण्डौ १९, असोज । अस्ट्रेलियन सरकारले आगामी महिनाबाट कृषि कामदार भिसा जारी गर्ने भएको छ। कृषि क्षेत्रमा देखिएको मजदुर अभावलाई मध्यनजर गर्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो।
अस्ट्रेलिया प्यासेफीक मोबिलीटी स्कीम (पाल्म स्कीम) अन्तर्गत गर्मी महिनामा अत्यधिक कामदार आवश्यकता हुने भएकोले यसलाई मध्यनजर गरि अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्न लागेको हो।
यो भिसा सन् १९९४ को अध्यागमन विनियम अनुरूप जारी गर्न लागिएको हो। जसको लागि ग्रामिण कृषि क्षेत्रमा काम गर्न ३ वर्षका लागि प्रवेशाज्ञा दिइनेछ। अबका दिनमा पनि पहिलो प्राथमिकताका रूपमा ओसेनिया क्षेत्रलाई प्राथमिकता दिइने भए पनि अन्य ५५ हजार कृषि कामदारको अहिले खाँचो रहेको छ।
त्यसलाई परिपूर्ति गर्न अन्य राष्ट्रलाई पनि मौका दिइने भएको छ।