Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेसबुकले गर्यो ठूलो अवरुद्ध परिस्थितिको सामना : झण्डै ७ घण्टा बन्द


2.9K
Shares

फेसबुकले गर्यो ठूलो अवरुद्ध परिस्थितिको सामना : झण्डै ७ घण्टा बन्द

काठमाण्डौं १९, असोज । बिश्व भर एक्कासी बन्द भएको फेसबुक लगायतका केही समाजिक सञ्जाल झण्डै ७ घण्टा पछि पुन संञ्चालनमा आएको छ । फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमबार करिब साढे ८ बजेपछि एक्कासी बन्द भएको थियो । डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्ध परिस्थितिको सामना गरेको हो ।

फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो । यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए । आज बिहान ५: ३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology