Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कांग्रेस महासचिव गान्धी पक्राउ


2.2K
Shares

कांग्रेस महासचिव गान्धी पक्राउ

काठमाण्डौ १८, असोज । भारतीय काग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महासचिव गान्धीलाई नियन्त्रणमा लिने क्रममा काग्रेस कार्यकर्ता र प्रहरी बिच केही बेच झडप समेत भएको थियो । प्रहरीलाइ छल्दै आन्दोलनमा सहभागी हुन जाने क्रममा उहाँलाई सितापुरबाट प्रहरीले नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही भारतीय सञ्चारमाध्यमहरुले भने गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखेरपछि छोडिएको बताएको छ । भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । महासचिव गान्धी किसानहरुको आन्दोलनमा साथ दिन लखिमपुर तर्फ जानु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology