Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा काँग्रेस निर्वाचन : ७५१ मतको आयो परिणाम (कस्ले कति ल्यायो हेर्नुहोस))


5.4K
Shares

गोरखा काँग्रेस निर्वाचन : ७५१ मतको आयो परिणाम (कस्ले कति ल्यायो हेर्नुहोस))

गोरखा, १७ असोज ।गोरखामा नेपाली काँग्रेसको शनिबार सम्पन्न खुल्ला १० तर्फको क्षेत्र नम्बर १ को निर्वाचनको ७५१ मतको परिणाम प्राप्त भएको छ ।

मत परिणाम अनुसार हाल सम्म सबै भन्दै बढी मत नन्दप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । उनले ७५१ मतमा ६५९ मत ल्याउन सफल भएका छन् ।

त्यस्तै गरी राजेन्द्र बजगाई ५४८, धिरन थापा ५३३ र देवेन्द्र वाग्लेले ५१५ मत ल्याएका छन् ।

१० जनाका लागी भएको निर्वाचनमा २२ जनाको उम्मेदवारी परेको थियो । जस मध्ये ईश्वर पाण्डे ३३६, किरणबावु श्रेष्ठ ३६९, कृष्णप्रसाद भट्ट ६८, चेतबहादुर अधिकारी ३११, जगत बराम ११५, जर्नादन अर्याल १६७, जिवनप्रेम श्रेष्ठ १८६, टिकाराम गुरुङ २७३, ठाकुरप्रसाद पुडासैनी २७६, डिल्लीराम तिमिल्सीना २७०, पूर्णप्रसाद दाहाल ४०३, प्रविन तिवारी ११०, प्रेमकुमार खत्री ४४५, विश्वदेव श्रेष्ठ २२८, बुद्वीप्रसाद श्रेष्ठ १७४, भूगोल थापा २१४, राजनराज पन्त ४४० र शरद श्रेष्ठले १५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

खुल्ला १० तर्फको मतगणना भने बिहान ११–१२ बजे सम्म सकिने र अन्यको पनि मतगणना जारी रहेकाले साँझसम्म सबै मत परिणाम सार्वजनिक हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology