गोरखा १६, असोज । गोरखामा नेपाली काँग्रेसको शनिबार सम्पन्न खुल्ला १० तर्फको क्षेत्र नम्बर १ को निर्वाचन परिणाम प्राप्त भएको छ ।
१ हजार ४३ जना मतदाता रहेको उत्त केन्द्रमा १ हजार २७ जनाले मतदान गरेको र शनिबार रातीदेखी आइतबार बिहान ७ बजे सम्म ६५१ मतपत्र गणना भएको निर्वाचन अधिकृत लक्ष्मणबावु आचार्यले बताउनुभयो ।
मत परिणाम अनुसार हाल सम्म सबै भन्दै बढी मत नन्दप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । उहाले ६५१ मतमा ५५९ मत ल्याउन सफल भएका छन् ।
त्यस्तै गरी राजेन्द्र बजगाई ४६७, धिरन थापा ४६१ र देवेन्द्र वाग्लेले ४४२ मत प्राप्त गर्नुभएको छ ।
१० जनाका लागी भएको निर्वाचनमा २२ जनाको उम्मेदवारी परेको थियो । जस मध्ये ईश्वर पाण्डे २९४, किरणबावु श्रेष्ठ ३२८, कृण्णप्रसाद भट्ट ५६, चेतबहादुर अधिकारी २६६, जगत बराम १०७, जर्नादन अर्याल १४८, जिवनप्रेम श्रेष्ठ १६४, टिकाराम गुरुङ २२४, ठाकुरप्रसाद पुडासैनी २३८, डिल्लीराम तिमिल्सीना २३६, पूर्णप्रसाद दाहाल ३२४, प्रविन तिवारी १०५, प्रेमकुमार खत्री ३९४, विश्वदेव श्रेष्ठ २०३, बुद्वीप्रसाद श्रेष्ठ १४१, भूगोल थापा १९४, राजनराज पन्त ३९८ र शरद श्रेष्ठले १३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।
खुल्ला १० तर्फको मतगणना भने बिहान ११–१२ बजे सम्म सकिने र अन्यको पनि मतगणना जारी रहेकाले साँझसम्म सबै मत परिणाम सार्वजनिक हुने उहाँले बताउनुभयो ।