Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस निर्वाचनले तात्यो गोरखा : आफु समर्थकलाई भोट माग्न नेता कार्यकर्ता व्यस्त


3K
Shares

काग्रेस निर्वाचनले तात्यो गोरखा : आफु समर्थकलाई भोट माग्न नेता कार्यकर्ता व्यस्त

गोरखा, १५ असोज ।नेपाली काग्रेस गोरखाको १४ औं महाधिबेशन अन्र्तगत जिल्ला अधिबेशन र क्षेत्रिय अधिबेशन आजदेखि सुरु भएको छ । आजभोली चल्ने दुई दिने जिल्ला अधिबेशन तथा क्षेत्रिय अधिबेशनले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेतृत्व चयन गर्ने नेपाली काग्रेस गोरखाले जनाएको छ । अधिबेशन सुरु भएसंगै जिल्ला सदरमुकाम क्षेत्रमा चहलपहल समेत बढेको छ ।

जिल्ला पार्टी कार्यालय ठूलो आगँन क्षेत्र नम्बर २ को निर्वाचन हुने ठाउँ निर्माण ब्यवशायी संघका कार्यालय रहेको हरमटारी क्षेत्र लगायतका स्थानमा काग्रेसका नेता कार्यकताहरु आफ्ना सर्मथकहरुलाई भोट माग्न व्यस्थ रहेका छन् । गोरखा जिल्लाबाट काग्रेसको महाधिवेशन प्रतिनिधीमा दुईवटा क्षेत्रबाट ४८ जना चयन निर्वाचित हुनेछन् । आंकक्षी भने झण्डै दोब्बर भन्दा बढी रहेको नेताहरुले बताएका छन् ।

निर्वाचनमा गोरखा जिल्लाको दुईवटा संघिय निर्वाचन क्षेत्रमा गरि कुल एक हजार सात ७ क्षेत्रिय प्रतिनिधिले मतदान गर्ने गर्ने छन् । करिब दुई हजार जना कांग्रेसको अधिवेशनका लागि गोरखा सदरमुकाममा रहेको अनुमान गरिएको छ । अधिबेशनबाट प्रतिनिधिसभा अन्र्तगत जिल्लाको दुई निर्वाचन क्षेत्रका दुई क्षेत्रिय सभापति, दुई उपसभापति, दुईदुई जना सचिव र सहसचिव सहितका पदाधिकारी निर्वाचित हुनेछ । त्यस्तै केन्द्रिय महाधिबेशनको प्रतिनिधि र केन्द्रिय महासमिति सदस्य पनि निर्वाचनबाट चयन हुने काग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology