Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा प्रदेश १ ‘ख’को काङ्ग्रेस सभापतिमा ठाकुर भट्ट निर्विरोध निर्वाचित


5.6K
Shares

गोरखा प्रदेश १ ‘ख’को काङ्ग्रेस सभापतिमा ठाकुर भट्ट निर्विरोध निर्वाचित

गोरखा १२, असार । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

आरुघाट गाउँपालिकाको आरुघाट बजारमा भएको अधिवेशनबाट भट्ट सहित समितिका सबै सर्वसम्मत चयन भएका छन ।

मंगलबार भएको कार्यक्रमबाट उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने र ऋषिराम लामिछाने चयन भएका छन ।

त्यस्तै गरी सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका छन् ।

यता गोरखा १ ‘क’ मा उत्तम अधिकारी, खुन प्रसाद रेग्मी र काजिराम अधिकारीले उमेद्धवारी दिएका छन् ।

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ को पालुङटारमा भएको निर्वाचनमा नारायण गुरुङ र भानु थापाको उमेद्धवारी दर्ता भएको छ ।

त्यस्तै गरी क्षेत्र नम्बर २ को ‘ख’ मा सिजर भट्ट र दिनेश खनखवासले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology