गोरखा १०, असोज । नेपाली कांग्रेस गोरखाको शनिबार भएको स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको ६ स्थानिय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचन भएको हो ।
सर्वसम्मत भएकाहरुका गण्डकी गाउँपालिकामा होमबहादुर राना, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, आरुघाट गाउँपालिकामा राजु गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ र अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ ।
निर्वाचन भएको गोरखा नगरपालिकामा चन्दनबावु खत्री, पालुङटार नगरपालिकामा बिमल ढकाल, भिमसेन थापा गाउँपालिकामा नरायण भट्टराईले निर्वाचन जित्नुभएको छ ।
त्यस्तै गरी सिरानचोक गाउँपालिकामा भत्तबहादुर गुरुङ र बारपाक सुलिकोटमा जीतबहादुर घलेले निर्वाचन जितेको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
निर्वाचन प्रकृया थालनी भएको गोरखा नगरपालिकामा चन्दनबाबु खत्री संग डिलबहादुर थापामगर सभापतिका उम्मेदवार बन्नुभएको थियो भने पालुङटार नगरपालिकामा बिमल ढकालको प्रत्यासी अमर धिताल हुनुहुन्थ्यो ।
उता भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराई संग दिनेश नराल बिच प्रतिस्पर्धा भएको थियो । भिमसेनमा भट्टराई बिजयी हुनुभयो । बारपाक सुलिकोट गाउँपालिकामा जितबहादुर घले संग केशरी ढकाल सभापतिमा पराजित हुनुभयो ।
त्यस्तै गरी सिरानचोक गाउँपालिकामा भक्तबहादुर गुरुङ संग सभापतिमा ज्ञानेन्द्र गुरुङ पराजित हुनुभएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।