गोरखा ९, असोज । नेपाली काग्रेस गोरखाको गोरखा नगरपालिकाको नगरसभापतिमा चन्दनबाबु खत्री बिजयी हुनु भएको छ । शनिबार सम्पन्न भएको पार्टीको १४ औं अधिबेशन अन्तरगत नगरसभापतिको निर्वाचनमा खत्रीले सभापति पदका अर्का उमेद्वार डिलबहादुर थापा मगरलाई पराजित गर्नुभएको हो ।
खत्रीले निकटतम प्रतिद्धन्दी थापामगरलाई ४४ मतको अन्तरले पराजित गर्नुभएको हो । सहमतिबाट सभापति चयन गर्ने प्रयास गरिएपनि सहमतीको प्रयास असफल भएपछि मतदान गरिएको थियो । नवनिर्वाचित सभापति खत्री यस अघि पनि काग्रेस गोरखा नगरपालिकाको नगरसभापति हुनुहुन्थ्यो ।