गोरखा ९, असोज । नेपाली काग्रेस गोरखाको भीमसेन थापा गाउँपाटी सभापति नारायण भट्टराईे बिजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा भट्टराईले सभापति पदका अर्का उमेद्वार दिनेश (लक्ष्मण) नराललाई पराजित गर्दै सभापति बन्नु भएको हो ।
गाउँपार्टी सभापतिमा सर्वसम्मतका लागि दिनभर प्रयास गरिएको भएपनि सहमति नभएपछि मतदान गरिएको हो । भट्टराईले कुल सदर मतमध्ये १०९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नरालले ५२ मत मात्र प्राप्त गर्नुभएको जनाइएको छ ।