गोरखा ९ असोज । नेपाली कांग्रेस गोरखाको बिभिन्न ६ वटा स्थानय तहमा सर्वसम्मत रुपमा पार्टी सभापति चयन भएका छन् । पार्टीको १४ महाधिबेशन अन्र्तगत देशभरका सवै वडामा काग्रेस गाउँपार्टी सभापतिको निर्वाचन भइरहेको छ ।
गोरखामा सर्वसम्मत सभापति चयन भएका गाउँपालिकाहरु धार्चे, अजिरकोट, गण्डकी, सहिद लखन, आरुघाट र चुमनुव्री गाउँपालिका रहेका छन् ।
चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ, गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत नेतृत्वमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।