गोरखा ३ असोज । यो बर्ष गोरखा जिल्लाका पाँच जनालाई राष्ट्रपतिले बिभूषण, मानपदवी तथा पदक प्रदान गरेको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले गोरखा नगरपालिका वडा नम्बर ६ पाटेचौरका समाजसेवी मोहनलाल श्रेष्ठलाई सनसेवा श्री पदकद्वारा विभूषित गर्नुभएको छ भने भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ का शिक्षाबिद् मेदिनीबहादुर लामिछानेलाई प्रवल जनसेवाश्री पदकले विभूषित गर्नुभएको छ ।
त्यस्तै जनयुद्धमा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र सहिद कमला भट्टलाई प्रसिद्ध मरणोपरान्त प्रवल जनसेवाश्रीबाट बिभूषित गरिएको हो । स्वर्गीय दलसिँह कामी पूर्व राष्ट्रिय सभाका सदस्य रहेका कांग्रेसका नेता हुनुहन्थ्यो ।