काठमाण्डौं २, असोज । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका काठमाण्डौ सम्पर्क मन्च गठन भएको छ । गोरखाको गण्डकी गाउँपालिका स्थायी घर भई काठमाण्डौमा बिभिन्न पेशा व्यवसायमा आबद्ध माओबादी केन्दमा आस्था राख्नेहरुलाई समेटेर मन्च गठन गरिएको हो ।
शनिबार आयोजित एक कार्यक्रमका बिच सम्र्पक मन्चको अध्यक्ष पवन वयलकोटीलाई चयन गरिएको छ । त्यस्तै भेलाले सम्र्पक मन्चको उपाध्यक्षमा जापान गुरुङ, सचिवमा रवि पन्त, सहसचिव सुजन परियार, कोषाध्यक्ष ईश्वर गुरुङलाई चयन गरिएको जनाइएको छ ।
भेलामा नेकपा माओबादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रिय सदस्य चुणामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य लेखनाथ न्यापाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
