गोरखा ३१, भदौं । गण्डकी प्रदेशका उर्जा जलस्रोत खानेपानी तथा सिंचाई मन्त्रि हरिशरण आचार्यले आफुले जनताका गुनासो जनताको घरदैलोमा पुगेर सम्बोधन गर्ने बताउनु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित सिर्दी दलभन्जाड् खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा आज भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै मन्त्रि आर्चायले यस्तो बताउनु भएको हो ।
उहाँले कयौ समस्याहरु समाधान गर्न नसकिरहेको अबस्था रहेको भन्दै नागरिकका घरघरमा पुगेर उहाँहरुको गुनासो सुन्ने, समस्याको समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । सोही अबसरमा मन्त्रि आचार्यले गएको असारमा आएको बाढीले जोखिममा रहेको सिर्दी दलभन्जाड् खानेपानी आयोजनाको अबलोकन समेत गर्नुभयो । अवलोकनका क्रममा उहाँले आयोजनालाई थप क्षति हुनबाट जोगाउन आबश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
उहाँले आज नै उक्त आयोजना अन्तरगत निर्माण भएको खानेपानी कार्यलयको समेत उद्घाटन गर्नुभएको छ । कार्यक्रममा भर्खरै मात्र जनता समाजबादी पार्टीको गोरखा जिल्लाका अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका यानप्रसाद भट्ट (सरोज) लाई पनि संस्थाले बधाई तथा शुभकामना प्रदान गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित सिर्दी दलभन्जाड् खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा मन्त्रि आचार्य र अध्यक्ष भट्टलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
कार्यक्रम सिर्दी दलभन्जाड् खानेपानी तथा तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिव के.सीको अध्यक्षतामा सम्पन्न भएको हो । सोही अबसरमा अध्यक्ष के.सीले सो क्षेत्रमा भएका खानेपानीको बिगत बर्तमान अबस्थाको बारेमा पनि सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।