Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

६ वर्षीया बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेरेपछि..


4.8K
Shares

६ वर्षीया बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेरेपछि..

एजेन्सी २१, भदौ । ६ बर्षकी एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको घटना सार्वजनिक भएको छ । भारतको महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको भिडियो सामजिक सञ्चालमा भाइरल बनेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरतामुक्त रहेको बताइन्छ ।

भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ । कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन् । कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ । सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म सुतेको देखिन्छ ।

अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो । कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology