Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

अखिल क्रान्तिकारी गोरखा नगर कमिटिको अध्यक्षमा तामाङ : बन्यो ७५ सदस्सीय कमिटि


3.8K
Shares

अखिल क्रान्तिकारी गोरखा नगर कमिटिको अध्यक्षमा तामाङ : बन्यो ७५ सदस्सीय कमिटि

गोरखा ३० भदौं । नेकपा माओबादी केन्द्र निकट अनेरास्वबियू क्रान्तिकारीको गोरखा नगरपालिका स्तरीय सम्मेलन आज सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र गोरखाको पार्टी कार्यालयमा भएको सम्मेलनले हितमान तामाङको अध्यक्षतामा ७५ सदस्सीय अखिल क्रान्तिकारी नगर कमिटि गठन गरेको संगठनका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिनुभयो ।

नवगठित किमिटीको उपाध्यक्षमा दिपेन्द्र उप्रेती, रिता थापा मगर, देव भट्टराई, सचिवमा बिनिता मग्राती, सहसचिवमा बिनोद उपरकोटी र कोषाध्यक्षमा ममता रोकालाई चयन गरिएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज कृष्ण धितालले बिधार्थी संगठन पार्टीको निर्माणको मूल आधार भएको भन्दै युवाहरुलाई बैचारिक र राजीनितक ढंगले संगसगै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आजको बिधार्थी नेतृत्वले भोली पार्टी हाक्नुपर्ने भन्दै नेतृत्व बिकासलाई ध्यान दिएर बिधार्थीहरुलाई संगठित गदै लैजानु पर्ने बताउनुभयो । ‘यहाँसम्म आईपुगेको कम्युनिष्ट आन्दोलनको कार्यभार पुरा गर्ने जिम्मेवारी अव युवा र बिधार्थीको काँधमा आइपुगेको छ, उहाँले भन्नुभयो, ‘माओबादी केन्द्रको नेतृत्वमा प्राप्त भएको राजनीतिक परिवर्तनलाई युवाहरुले समाजबादको दिशामा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु आबश्यक छ ।’

सम्मेलनमा पार्टीका नेता अमर तमु, अखिल क्रान्तिकारी गोरखाका इन्चार्ज रामकृष्ण भट्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology