Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको भाउ आज फेरी बढ्यो


4.7K
Shares

सुनको भाउ आज फेरी बढ्यो

काठमाण्डौं ३०, भदौं । सुनको मूल्यमा आज (बुधबार) फेरि बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology