Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जिल्लामा भू तथा जलाधार कार्यालय स्थापना गरिने


4.5K
Shares

गोरखामा जिल्लामा भू तथा जलाधार कार्यालय स्थापना गरिने

गोरखा २९, भदौं । गोरखा जिल्लामा भु तथा जलाधार कार्यालय स्थापना गरिने भएको छ । गण्डकी प्रदेश अर्थ तथा बिकास समितिले प्रदेश भित्रका गोरखा सहित ११ वटै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न निर्देशन दिएपछि जिल्लामा कार्यालय स्थापन हुने निश्चित भएको हो । समितिका सभापति दिपक कोइरालाले सङ्घीयताको मर्मविपरीत ११ जिल्लामध्ये जम्मा दुई जिल्लामा मात्रै जलाधार कार्यालय रहेकाले जनतालाई सास्ती भएको बताउनुभयो ।

समितिले आर्थिक वर्षभित्रमा बाँकी नौ जिल्लामा पनि उक्त कार्यालय स्थापना गर्न मन्त्रालयलाई निर्देशन दिएको उहाँले बतउानुभयो । अहिले तनहुँ र पर्वतमा मात्रै ती कार्यालय छ । वन वातावरण तथा भू–संरक्षणमन्त्री थापाले सबै जिल्लामा भू तथा जलाधार कार्यालय स्थापना गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताले घरदैलोबाट पाउनुपर्ने सुविधा झनै टाढाबाट लिनुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्ने उनको भनाइ छ ।

छलफलमा सहभागी प्रदेश सभाका सदस्यहरुले सबैको ध्यान बाटो निर्माणमा केन्द्रित हुँदा भूसंरक्षण तथा जलाधार ओझेलमा परेको र वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको र जलाधार संरक्षणका लागि स्थानीय रूपमा उपलब्ध स्रोत साधनको पनि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology