Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको एक स्थानिय तहको शिक्षा शाखामा वडाध्यक्षले नै लगाए ताला


4.6K
Shares

गोरखाको एक स्थानिय तहको शिक्षा शाखामा वडाध्यक्षले नै लगाए ताला

गोरखा, २८ भदौ । पालुङटार नगरपालिकाको ५ का वडा अध्यक्षले नगरापालिकाको शिक्षा शाखामा तालाबन्दी गर्नुभएको छ ।

वडा अध्यक्ष दिपक पाण्डले शाखाले शिक्षक सरुवा प्रक्रियाको लागि बनेको कार्यविधी मिचेर काम गरेको भन्दै शिक्षा शाखामा तालाबन्दी गर्नुभएको हो ।

बरिष्टता तथा क्षमतालाई नहेरी मनलाग्दी तरिकाले आफ्ना नाता गोता र राजनितीक आस्थाका आधारमा छनोट शिक्षकको सरुवा गरेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । ‘शिक्षक सरुवामा निष्पक्षता हुन सकेन’ उहाले भन्नुभयो ‘त्यसैले त्यो प्रक्रियालाई सच्चाउन तालाबन्दी गर्नु परेको हो ।’

पाण्डेले शक्तीको आडमा राजनितीक रुपमा दलका झण्डा बोक्ने, आफ्ना आसेपासे, गुणगान गाउनेहरुलाई संरक्षण गर्दै राम्रा भन्दा पनि हाम्रा मान्छे भर्ती गरेको भन्दै आक्रोस ब्यत्त गर्नुभयो।
उहाले नगरपालिकामा धेरै बेथितीहरु रहेको भन्दै अब बिस्तारै ति सबै कुराको भण्डाफोर गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology