Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपाले पहिलो चरणमा क-कसलाई बनाउदैछ मन्त्रि (यस्तो तयारी)


4.5K
Shares

जसपाले पहिलो चरणमा क-कसलाई बनाउदैछ मन्त्रि (यस्तो तयारी)

काठमाण्डौं २६, भदौं । जनता समाजबादी पार्टी (जसपा) बाट सरकार सहभागिता हुने मन्त्रिहरुको नामावली छनोट गरिएको छ । जसपाले सरकारमा प्रतिनिधित्व गर्ने गरि नेताहरुको सूची तयार पारेको स्रोतले जनाएको छ ।

अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने तयारी गनुएभएको छ ।पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतको दावी छ ।

स्रोतका अनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ । एकैपटकमा सरकार बिस्तार हुने अबस्था आए ६ जनाको नाम दिने तयारी भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology