काठमाण्डौं २५, भदौं । सुनको मूल्यमा आज बृद्धि भएको छ । गत बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज एक सय रुपैयाँ वृद्धि भएर ९० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ थियो ।