डडेलधुरा, २५ भदौं । नेपाली काग्रेसका जिल्ला सभापति पक्षकै बहिस्कारका बाबजुत वडा अघिबेशन सुरु गरेको छ । केन्द्रिय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादका वीच वडा अधिवेशन शुरु भएको हो । शुरु भएको वडा अधिवेशनलाई जिल्ला सभापति मल्ल समूहले बहिस्कार गरेको छ ।
उक्त समूहले बहिस्कार गरेपनि देउवा खेमाले एकलौटी रुपमा अधिवेशन शुरु गरेको एक जिल्ला नेताले जानकारी दिए । केहि वडामा भने अधिवेशन स्थगित भइसकेको छ । जिल्लाको अमरगढी नगरपालिकाका केहि वडा र परशुराम नगरपालिकाका केहि वडामा अधिवेशन रोकिएको छ । हालसम्म अमरगढीका २,५,६ र ८ नम्बर वडामा अधिवेशन स्थगित भइसकेको बताइएको छ ।
शुरु भएका वडाहरुमा कि त विवाद भइरहेको छ कि धेरै ठाँउमा देउवा समूहले एकलौटी गरेको आरोप छ ।जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवावीच व्यापक विवाद रहेको छ ।