Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुखुरा फार्ममा चितुवा पस्यो


7K
Shares

कुखुरा फार्ममा चितुवा पस्यो

बागलुङ २४, भदौं । कुखुरा र्फाममा चितुवा पसेर ३५० भन्दा बढी पन्छी मारेको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ३ माछापोखरीमा रातको समयमा कुखरा फार्ममा चितुवा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

स्थानीय पारस केसीले संचालन गर्दै आएको लोकल कुखुरा फार्ममा गएराती चितुवा पसेर पसेर ३५० बटा घाँटी खुईले, जुरेली, लुइचे, कडकनाथ जातका कुखुरा मारेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

सो क्रममा करिब ५ लाख २५ हजार बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology