Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माओबादीले तोक्यो गोरखाका स्थानीय तहमा इन्चार्ज, अध्यक्ष र सचिव (कहाँ को भए हेर्नुहोस)


10.2K
Shares

माओबादीले तोक्यो गोरखाका स्थानीय तहमा इन्चार्ज, अध्यक्ष र सचिव (कहाँ को भए हेर्नुहोस)

गोरखा १९, भदौं । नेकपा माओबादी केन्द्रले गोरखा जिल्लाका ११ वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । पार्टीको शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले शहीदलखन गाउँपालिकामा इन्चार्ज बाहेकका अन्य सबै पालिकामा जिम्मेवारी बाँडफाँड गरेको हो ।

जसअनुसार गोरखा नगरपालिकामा सह इन्चार्ज धना तमु, राजकुमार कोईराला, डिलबहादुर सेन्चुरी रहेका छन् । पालुङटार नगरपालिकाको सचिवमा रामचन्द्र सेढाई, शहीदलखनको सचिव धु्रब खनाल, बारपाक सुलिकोटमा सह इन्चार्ज भगवती तिवारी, सचिव सनमाया गुरुङ, सिरानचोकमा सचिव सित्तल पोखरेल चयन भएका छन् ।

आरुघाट गाउँपालिकामा सचिव बिष्णु खड्का, गण्डकी गाउँपालिकामा सचिव जिबन गुरुङ, अजिरकोटमा सचिव अनितम भुजेल, भिमसेन थापा गाउँपालिकामा सचिव मदन साक्य, धार्चे गउँपालिकामा सचिव सुर्य गुरुङ र चुमनुब्रीमा सचिव बलबहादुर गुरुङ चयन भएका छन् ।

शहीदलखन गाउँपालिकामा इन्चार्जको जिम्मेवारी जिल्लामा नै राखिएको छ । माओवादी केन्द्रले वडा सम्मेलन असोज २० गते, पालिका स्तरको मंसिरमा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology