गोरखा १८, साउन । नेपाली काग्रेसबाट गाउँपालिकाको उपप्रमुख जित्नुभएकी काग्रेसकी नेतृले आज पार्टी छोडेको घोषणा गर्नुभएको छ । वडा पाटीको देशभर अघिबेशन भएको दिन गोरखाको भीमसेन थापा गाउँपालिकाकी उपप्रमुख रहनु भएकी काग्रेसकी नेतृ बिनु वाग्लेले पार्टी छोडेको घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ वाग्लेले पाटी छोडेको घोषणा गर्नुभएको हो । ‘आजबाट नेपाली काग्रेस परिग्याग गरि स्वतन्त्र भएको घोषणा गर्दछु ।’ उपप्रमुख वाग्लेले स्टाटसमा लेख्नु भएको छ । यद्देपी पाटी छोड्नुको कारण भने के हो भनेर उहाँले खुलाउनु भएको छैन । ।
