Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको पालुङटारमा गठन भयो अखिल क्रान्तिकारीको ४३ सदस्सीय कमिटी


4.1K
Shares

गोरखाको पालुङटारमा गठन भयो अखिल क्रान्तिकारीको ४३ सदस्सीय कमिटी

गोरखा १३, भाद्र । अखिल (क्रान्तिकारी) पालुङटार नगरकमिटीको अध्यक्षमा सुवर्ण देवकोटा निर्वाचित हुनु भएको छ । आइतबार भएको नगरकमिटीको दोस्रो सम्मेलनबाट उहाँ सर्वसम्मतिले निर्वाचित हुनु भएको अखिल क्रान्तिकारी गोरखा जिल्ला समितिका सहसंयोजक नवीन घिमिरेले जानकारी दिनुभयो । आइतबार भएको भेलाबाट उपाध्यक्षमा ५ जना चयन भएका छन् । जसमा शरद देवकोटा , सरोज रोका, अप्सरा खनाल, ईमेस देवकोटा , रमेस अधिकारी रहनु भएको छ ।

त्यसैगरी सचिवमा प्रतीक्षा मरहट्टा, सह सचिवमा आवेस श्रेष्ठ , राजेस सिंखडा, कोषाध्यक्षमा मिना मरहट्टा निर्वाचित भएको घिमिरेले बताउनुभयो । जिल्ला संयोजक विष्णु पाण्डेले प्रस्तुत गर्नु भएको प्यानल प्रस्तावबाट थप ७ जना मनोनित गर्नेगरी ४३ जना कमिटी सदस्यीय रहनेगरी नगर कमिटी गठन भएको उहाको भनाई छ । प्रदेश कार्यालय सदस्य समेत रहनु भएका पालुङटार नगरपार्टीको ईन्चार्ज खोप वहादुर कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकर रोकाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा माओवादी केन्द्र पालुङटार नगरकमिटीका अध्यक्ष विवस चिन्तन (अजय), अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका सह(संयोजक राजन आले मगर , जिल्ला ईन्चार्ज राम कृष्ण भट्ट (आर के), लमजुङ जिल्ला ईन्चार्ज बिकास भट्टराई , अखिल क्रान्तिकारी गोरखा जिल्ला क्षेत्र नं २ क का ईन्चार्ज नवीन घिमिरे लगायत पार्टी र विधार्थी नेता कार्यकर्ताको सहभागीता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology