Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका माओबादी नेताहरु कसले कहाँ-कहाँ पाए जिम्मेवारी (यो हेर्नुहोस)


7.5K
Shares

गोरखाका माओबादी नेताहरु कसले कहाँ-कहाँ पाए जिम्मेवारी (यो हेर्नुहोस)

गोरखा ९, भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाडफाँड गरेको छ । सर्वोच्चको आदेशले पार्टीलाई पुरानै अबस्थामा फकाई दिएपछि माओबादी केन्द्रले सवै जिल्ला प्रदेश, केन्द्र बिभाग, तथा जनबर्गिय संगठनहरुको जिम्मेवारी बाडँफाँड गरेको हो । जिम्मेवारी बाडफाँड भएसंगै गोरखा घर भएका तत्कालिन पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै नेता हितराज पाण्डेले गण्डकी प्रदेशको इन्चार्ज, नेता हरिराज अधिकारीले गण्डकी प्रदेशको अध्यक्ष, नेता चुडामणी खड्का (प्रकाश)ले गण्डकी प्रदेश सम्र्पक समितिको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ । उहाँ यस अघि पनि सोही समितिको इन्र्चाज हुनुहुथ्यो । नेता परशुराम रम्तेल नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनको इन्चार्ज बन्नु भएको छ भने नेता लेखनाथ न्यौपानेले पार्टीको बिशेष समितिको अध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै गोरखा जिल्लाका इन्चार्जको रुपमा नेता कृष्ण धिताल यथाबत रहनु भएको छ । उता माओबादी केन्द्रले पार्टी प्रवक्ता समेत परिवर्तन गरेको छ । माओबादीले पार्टीको प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको हो । यस अघि नेता नारायणकाजी श्रेष्ठ पार्टीको प्रवक्ता हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology