Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका अनुसन्धानकर्ता श्रेष्ठले पाए ५५ लाख रुपैयाको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड


6.2K
Shares

गोरखाका अनुसन्धानकर्ता श्रेष्ठले पाए ५५ लाख रुपैयाको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड

गोरखा ८, भदौं । गोरखा घर भएका बातावरण बिज्ञानका अध्येता एवम अनुसन्धान कर्ता उत्तमबाबु श्रेष्ठले ५५ लाख रुपैयाको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड प्राप्त गर्नुभएको छ ।  अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले अनुसन्धानकर्ता श्रेष्ठलाई ४६ हजार डलर बराबरको अनुसन्धान वृत्ति दिएको हो । यो रकम नेपाली रुपैया ५५ लाख हो ।

कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पति लगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठको भनाई छ । अनुसन्धान मुख्य गरी नेपालको संरक्षणमा क्षेत्रमा हुनेछ । सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ । बिश्वका १२ जना अनुसन्धान कर्ताले आवेदन दिएका उक्त अनुसन्धान बृत्तिमा दोस्रो चरणमा ५० जना छनोट भएका थिए ।

छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउने श्रेष्ठ एक्ला नेपाली हुन् । श्रेष्ठले यसअघि पनि दुई पटक नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाइसक्नु भएको छ । वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology