Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पेट्रोलियम पर्दाथको मूल्य बृद्धि : केमा कति बढ्यो मूल्य (यो हेर्नुहोस)


3.2K
Shares

पेट्रोलियम पर्दाथको मूल्य बृद्धि : केमा कति बढ्यो मूल्य (यो हेर्नुहोस)

काठमाडौं ७ भदौं । सरकारले पेट्रोलियम पर्दाथमा आज मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतमा भएको मूल्यबृद्धीलाई देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बृद्धी भएको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यसअघि १२८ रुपैयाँ थियो ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य बढेर प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ । ग्याँसमा २५ रुपैयाँ बढाइएको हो । बढेको मूल्य आजै सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology