Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीले आधामात्र काम हुदैमा धरहराको उद्घाटन गरेको महालेखाले खोल्यो रहस्य


3K
Shares

ओलीले आधामात्र काम हुदैमा धरहराको उद्घाटन गरेको महालेखाले खोल्यो रहस्य

काठमाण्डौं ७, भदौ । तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीले आधामात्र काम हुदैमा धरहराको उद्घाटन गरेको रहस्य खुलेको छ । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको हो । महालेखाले सार्वजनिक गरेको आफ्नो ५८ र्आं बार्षिक प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ ।

‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ प्रतिशतमात्रै हो ।’ सरकारले आर्थिक वर्ष २०७२(७३ देखि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सञ्चालन गरेर कोष खडा गरेको थियो । कोषमा २०७७ असार मसान्तसम्म जम्मा ८ करोड ३४ लाख रुपैंया संकलन भएको थियो ।

महालेखाले धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग हुनुपर्छ भनेको छ । पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संयचनाको निर्माण गर्न ५ अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान तयार भएको थियो । ३ अर्ब ८ करोड ११ लाख रुपैंयामा २४ महिनामा काम सकिने गरी २०७५ साल असोज १४ गते सम्झौता भएको थियो । ‘धरहराको उदघाटन भइसके तापनि सञ्चालनमा आएको छैन’ प्रतिवेदनमा भनिएको छ, ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology