Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले चार चिरामा बिभाजन : कुन समुहको नेतृत्व कसले गर्दैछ (यो हेर्नुहोस)


2.5K
Shares

एमाले चार चिरामा बिभाजन : कुन समुहको नेतृत्व कसले गर्दैछ (यो हेर्नुहोस)

काठमाण्र्डौ ५ भदौ : सर्वोच्च अदालतको आदेशले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहेका दुई पार्टी साविककै अबस्थामा फर्किएर पुरानै अबस्थामा पुगेको एमाले ४ चिरामा बिभाजन हुन पुगेको छ । टुक्रा टुक्रा हुन लागेको एमालेको मुल नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ ।  एमालेले फुटेर एउटा माधब कुमार नेपालले नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीका नाम राखेर निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन परिसकेको छ ।

उक्त समुहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी, यथास्थितीबादी र कम्युनिष्ट बिचारबाट स्खलित भएको आरोप लगाउदै आएको छ । यता एमालेको बरिष्ट नेता बामदेव गौतमले अर्को चिराको नेतृत्व गर्दै आउनु भएको छ । उहाँले ०७७ माघ १४ गतेदेखि नै ‘एमाले एकता महाअभियान’ भन्दै छुट्टै समूह सञ्चालन गर्दै गर्दै आउनु भएको छ ।

त्यस बाहेक पनि एमालेमा फेरि अर्को स्पस्ट चिरा देखिएको छ । बरिष्ट नेता माधबकुमार नेपालले पार्टी बिभाजन गरेर निर्वाचन आयोगमा दर्ता गरिसकेपछि एकताको पक्षमा रहेका माधव नेपाल समुहकै एउटा समुह उत्त चिरा मित्र समेटिएका छन् । जसको नेतृत्व एमाले उपाध्यक्ष भीम रावलले गर्नुभएको छ । उक्त समुहमा युवराज ज्ञवाली, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे लगायत रहेका छन् ।

यो समुहले भने ओली र नेपाल दुवैलाई गलत ढंगले अघि बढेको भन्दै एकताको पक्षमा लाग्ने बताउदै आएका छन् । एकताको पक्षमा रहेका समुहको शुक्रबार बसेको बैठकले भने अध्यक्ष केपी शर्मा ओलीले १० बुदेँ सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाएको निस्कर्ष समेत निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology