Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओवादीसँग एकता नभएको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : नेता पाण्डे


3.7K
Shares

माओवादीसँग एकता नभएको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : नेता पाण्डे

काठमाण्डौं ५, भदौं ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेले माओबादीसंगको एकताका कारण मात्र २०१ सिट जित्न सफल भएको बताउनु भएको छ । आज नवगठित पार्टीको युवा संगठन धादिङको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो ।

नेता पाण्डेले माओबादीसंग एकता नभएको भए एमाले ५० सिटमा खुम्चनु पर्ने अबस्था पुगिसकेको समेत दावी गर्नुभयो । ‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो,’ उहाँले भन्नुभयो, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।‘

नेता पाण्डेले तर एमाले अध्यक्ष ओलीले एकताबाट शक्तिशाली बनेको तथ्य कहिल्यै महसुस नगरेको पनि बताउनुभयो । उहाँले एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको तर्क समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology