काठमाण्डौ ५ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका दाहाल (प्रचण्ड) को कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारदेखि रुघा, खोकी र ज्वरो आएपछि आराम गरिरहेका प्रचण्डको चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गरिएको हो ।
परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको स्वास्थ्य अबस्थामा समेत क्रमिक सुधार हुदै आएको उहाँको भनाई छ ।