Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले र सभामुख बिच तिक्तता बढ्यो :ओलीले सभामुख माथि लगाए यस्तो आरोप


3.5K
Shares

एमाले र सभामुख बिच तिक्तता बढ्यो :ओलीले सभामुख माथि लगाए यस्तो आरोप

काठमाण्डौं ५, भदौं ।  नेकपा एमाले र सभामुखबीच तिक्तता बढेको छ । एमालेले आफ्नो पार्टी छोडेका १४ सांसदलाई कारबाही गर्न गरेको सिफारिस सदर गर्न सभामुखले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएको छ । विहिबार अध्यक्ष केपी शर्मा ओलीले सभामुख सत्ता पक्षसँग मिलेको र स्वतन्त्र हैसियतको पालना गर्न नसकेको आरोप लगाउनुभएको थियो ।

यस्तै एमालेका नेताहरुले सभामुखलाइ भेटेर कारबाही सदर गर्न पनि दबाब दिएका छन् । यसलाई लिएर सभामुख अग्नि सापकोटाले भने विपक्षी दलका सांसद र नेताको व्यवहार तथा अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभएको छ ।

एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरुको अभिव्यक्ति, प्रस्तुति र व्यहार अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताउनुभएको छ । यसबाट सत्तापक्ष र प्रतिपक्षका बीचमा दुरी बढ्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology