Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै


5.7K
Shares

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै

काठमाण्डौं ३, भदौं । अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। तालिवानले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबान विरोधी प्रदर्शनलाई दमन गरेको बिबिसीले लखेको छ ।तालिवानद्धारा कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको समेत बताइएको छ ।

कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको काबुलस्थित बीबीसी संवाददाताले बताएको बिबिसीले उल्लेख गरेको छ । त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन्। सडकमा महिलाको उपस्थिती कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम रहेको र तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीहरूलाई रोकिरहेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology