Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माधव पक्ष छोडेपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त


4.8K
Shares

माधव पक्ष छोडेपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त

काठमाण्डौं २ भदौं । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसक्नुभएको छ । उहाँ देशकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकै बस्दै आएको नेवारी परिवारमा भएको थियो । आमा बुबाको आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुनुहुन्छ । आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology