काठमण्डौ २, भदौं । गण्कडी प्रदेश सरकारले मन्त्रिहरुका लागि नयाँ आचारसंहिता ल्याएको छ । प्रदेश सरकारले यही गएको साउन ३२ गते मन्त्रीहरुका लागि नयाँ आचारसंहिता जारी गरेको हो । प्रदेश सरकारले ल्याएको नयाँ आचारसंहिता अनुसार अब मन्त्रीहरुले कास्की जिल्ला छाड्दा मुख्यमन्त्रीको अनुमति लिनुपर्नेछ ।
प्रदेशमा यस अघि बिदेशमा जाँदा मात्रा मुख्यमन्त्रिको अनुमति लिनुपर्ने व्यवस्था थियो । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार राजधानी रहेको जिल्ला बाहेका अन्यत्र जिल्लामा जादाँ मन्त्रिहरुले अनिबार्य मुख्यमन्त्रिको अनुमति लिनुपर्ने गरि आचारसंहिता जारी गरिएको बताउनुभयो ।
साउन ३२ मा बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले २०७४ को आचारसंहिता खारेज गर्दै नयाँ आचारसंहिता जारी गरेको हो ।