कास्की २ भदौं । प्रहरीले अबैध लागू औषध गाँजा सहित दुई युवकलाई पक्राउ गरेको छ । जिललाको पोखरा महानगरपालिका –३० पावरहाउस का १८ वर्षीय दुई किशोरलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बा ५ ख ६०८८ नम्बरको गाडीमा दुवैलाई प्रहरी कार्यालय गगनगौंडाले खानतलासी गर्दा साथबाट २ केजी १ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
अवैध लागूऔषधको कारोबारमा उनिहरु संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।