Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमालेमा फेरि नयाँ ट्विस्ट : नेपाल पक्षका अष्टलक्ष्मी संसदिय दलका नेता चयन


3.8K
Shares

एमालेमा फेरि नयाँ ट्विस्ट : नेपाल पक्षका अष्टलक्ष्मी संसदिय दलका नेता चयन

काठमाण्डौ २ भदौं ।  नेकपा (एमाले) मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ ।

हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताउनुभयो । शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नुहुनेछ । यसअघि उहाँलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मान्नुभएको थिएन ।

शाक्य यसअघि नेपाल पक्षमा हुनुहुन्थ्यो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology